Logo

जसपा माप्य दुधकोशी गाउँपालिकाको अध्यक्षमा खालिङ


सोलुखुम्बु । जनता समाज वादी पार्टी (जसपा)ले सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकास्तरीय समिति गठन गरेको छ । माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ४, काकु कोर्कुमा आयोजित पार्टीको एक कार्यक्रमबीच हिराबहादुर खालिङ राईको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षहरुमा कामी शेर्पा र सुबास तामाङ, सचीवमा दिप राई, कोषध्यक्षमा योगेन्द्र राईलाई चयन गरिएको छ ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य जुद्व ढाक्रे, केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज लाक्पा शेर्पा, जिल्ला अध्यक्ष नरेन्द्र थापा मगर, सचीव नुर्साङ शेर्पा लगायतका ब्याक्तीहरुको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : आईतवार, ३ श्रावण २०७८ ०८:२४

Archives

प्रतिक्रिया दिनुहोस्