Logo

बुङका १० बर्षीय कुशल राईलाई सकुशल उद्दार गरी परिवारलाई बुझाइयो


सोलुखुम्बु । घरबाटै सम्पर्कबिहिन भएका सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका वडा नम्बर १, बुङका १० बर्षीय कुशल राईलाई प्रहरीले सकुशल उद्दार गरी परिवारलाई बुझाएको छ । गत २०७८ साउन ९ गते कसैलाई नसोधी घरबाट हिडेकोका १० बर्षीय राईलाई गस्तिको क्रममा प्रहरी चौकी नेलेबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेको थियो । साउन १२ गते उनको बुवा सत्य कुविर राईलाई जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुमै बोलाएर जिम्मा लगाएको हो l

प्रकाशित मिति : बिहीबार, १४ श्रावण २०७८ १२:५२

Archives

प्रतिक्रिया दिनुहोस्