Logo

गौरिकाले तोडिन् आफ्नै कीर्तिमान


काठमाडौं । टोकियो ओलम्पिकमा नेपाली पौडी खेलाडी गौरिका सिंहले आफ्नो कीर्तिमान तोडेकी छिन् ।

एक सय मिटर फ्रिस्टाइलमा गौरिकाले १:००:११ सेकेण्डमा पूरा गरेकी हुन् । जुन उनको नाममा रहेको कीर्तिमान भंगको टाइमिङ हो ।
हिट एकमा नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीसँग प्रतिस्पर्धा गर्दा गौरिका तेस्रो भइन् ।

यस अघि उनकै नाममा १: ००.६२ को समयकाे रेकर्ड थियाे । १८ औं फिना वर्ल्ड च्याम्पियनसिप २०१९ उनले दक्षिण कोरियामा याे रेकर्ड बनाएकी थिइन् ।

प्रकाशित मिति : बिहीबार, १४ श्रावण २०७८ १३:४१

Archives

प्रतिक्रिया दिनुहोस्