Logo

बस सामुदायिक अस्पतालको ताला तोडफोड प्रकरणः अस्पतालको सेवा अनिश्चितकालको लागि बन्द, रहस्यमय रहेको आशंका


-अर्जुन खालिङ राई

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित बस सामुदायिक अस्पतालको ढोकाको ताला तोडफोड गरिएको विषयमा छानविन गरेर सत्य, तथ्य बाहिर नल्याएको भन्दै अस्पतालबाट प्रवाह हुने सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । घटनाबारे छानविन गरी सत्य, तथ्य बाहिर ल्याउने विषयलाई हल्का रुपमा लिएर उल्टै राम्ररी ताला नलगाइएको छाडिएको सम्बन्धित पक्षबाट आरोप आउन थालेपछि सबै सेवा अनिश्चितकालका लागि अहेब हिराबहादुर राईले आज एक विज्ञप्तीमार्फत जानकारी दिएका हुन् ।

सामुदायिक अस्पतालको ताला फोडिएको विषयमा यसअघि शिखरपोष्ट डट कममा समाचार सम्पे्रसन गरिउको थियो । त्यसपछि सार्वजनिक गरिएको विज्ञप्तीमा उक्त घटना हेर्दा सामान्य जस्तो देखिएपनि रहस्यमय भएको आशंका व्यक्त गरिएको छ । यस घटनालाई अस्पताल व्यवस्थापन समिति अध्यक्षले नै सामसुम पार्न खोजिराखेको आरोपसमेत उनको छ ।

‘जुन घटनाको छानविनसम्बन्धि मैले आवाज उठाउँदासमेत वेवास्ता गरी उल्टै ताला राम्ररी नलगाई छाडिएको भन्दै यस घटनालाई सामान्य रुपमा लिई अभिव्यक्ति आउनुमा मेरो घोर आपति रहन्छ’, अहेब राईले विज्ञप्तीमार्फत भनेका छन् ‘किनकी मानब स्वास्थय उपचारमा प्रयोग गरिने औषधी राखिएको बन्द कोठामा तोडफोड गरी पुनः खुल्ला नछाडी विग्रिसकेको ताला ढोका बन्द गरी झुण्ड्याई राखिनुमा मै एक जिम्मेवार स्वास्थ्यकर्मीको लागि सामान्य विषय नभई गम्भिर विषय भएको हुँदा उक्त अपराधिक घटनाको सत्य, तथ्य छानविन गरी ताला फोडिनुको वास्ताविक उद्देश्य पत्ता नलागेसम्म आज मिति २०७८ साउन १६ गतेबाट यस बस क्लिनिकबाट प्रदान हुँदै आएको सम्पूर्ण सेवा अनिश्चितकालको लागि बन्द गरिन्छ’ ।

यस सम्बन्धमा आवश्यक जानकारी लिनका लागि माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्षसमेत रहेका बस सामुदायिक अस्पताल सञ्चालक समितिका अध्यक्ष नारायणकाजी कार्कीलाई टेलिफोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । अध्यक्ष कार्कीलाई सम्पर्कमा ल्याउन नसकिएपछि वडा नम्बर ३ का सदस्य तथा अस्पताल सञ्चालक समितिका सदस्य बुद्धि बहादुर राईलाई सम्पर्क गर्दा यस विषयले आफ्नो ध्यानाकर्षण भएको त, व्यवस्थापन समिति अध्यक्षले फोन अफ गरेको कारण यसबारे आफुहरुबीचमा छलफल हुन नपाएको बताए ।

प्रकाशित मिति : शनिबार, १६ श्रावण २०७८ १७:४२

Archives

प्रतिक्रिया दिनुहोस्