Logo

गौतम विश्व र्‍याफ्टिङ महासंघको बोर्ड सदस्यमा चयन


काठमाडौं । नेपाल र्‍याफ्टिङ तथा क्यानोइङ संघका महासचिव सुदीप राज गौतम विश्व र्‍याफ्टिङ महासंघको बोर्ड सदस्यमा चयन भएका छन् । महासंघको चुनावी साधारण सभाले चार वर्ष (२०२१ – २०२४) का लागि एसियन कन्टिनेन्टको कोटाबाट गौतमलाई महासंघको बोर्ड सदस्यमा चयन गरेको हो ।

महासंघको बोर्ड सदस्यमा चयन हुने गौतम पहिलो नेपाली हुन् ।

फ्रान्समा आयोजना भएको विश्व र्‍याफ्टिङ च्याम्पियनसिपका दौरान भएको साधारण सभाले महासंघको अध्यक्षमा इटालीका बारमाज डानिलोलाई दोश्रो कार्यकालको लागि पुनः अध्यक्षमा चयन गरेको थियो ।

गौतम नेपालमा र्‍याफ्टिङमा लामाे समयदेखि सक्रिय छन् । उनी र्‍याफ्टिङ तथा क्यानाेइङ संघको संस्थापक सदस्यसमेत हुन् ।

प्रकाशित मिति : सोमबार, १८ श्रावण २०७८ १७:२८

Archives

प्रतिक्रिया दिनुहोस्