Logo

एमालेद्धारा पूर्वमन्त्री ढकालको नेतृत्वमा पर्यटन विभाग गठन, को को छन् सदस्य ?


काठमाडौं । नेकपा (एमाले)ले पूर्व पर्यटनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा १५ सदस्यीय पर्यटन तथा प्रवद्र्धन विभाग गठन गरेको छ ।

सोमबार बसेको पार्टीको स्थायी कमिटी बैठकले पर्यटन तथा प्रवद्र्धन विभागसहित पार्टीको ९ वटा विभाग गठन गरेको हो ।

पार्टीले गठन गरेको पर्यटन तथा प्रवद्र्धन विभागको सदस्यहरुमा पर्यटन व्यवसायीहरु कृष्ण अर्याल, चन्द्र रिजाल, घनेन्द्र श्रेष्ठ, पूर्ण कुँवर, राजेन्द्र प्रसाद सापकोटा, सिताराम सापकोटा, प्रकाश पौडेल, रामबली दास छन् ।

त्यस्तै विजय नेपाल, कृष्णलाल चौधरी, जया बराल, चिन्तामणी शर्मा, परमानन्द भण्डारी, लिला लामा पनि विभागको सदस्यमा छन् ।

प्रकाशित मिति : सोमबार, १८ श्रावण २०७८ २१:४७

Archives

प्रतिक्रिया दिनुहोस्