Logo

सांसद राईको ‘उज्यालो सोलुखुम्बु अभियान’मा कुलमानको साथ


काठमाडौं । सोलुखुम्बु जिल्लाबाट निर्वाचित संघीय सांसद हेमकुमार राई (शुरबीर)को विशेष पहल रहँदै आएको जिल्लाको केन्द्रीय प्रशारण लाइन (ग्रामिण विद्युतीकरण कार्यक्रम) विस्तार कार्य चालु आर्थिक वर्षभित्र सम्पन्न हुनेगरी अगाडि बढेको छ । सो कार्य सम्पन्न गर्नका लागि आवश्यक बजेटको व्यवस्थासमेत गरिएको जनाइएको छ ।

यसैबीच, सांसद राईले नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटी उज्यालो सोलुखुम्बु अभियानका लागि ग्रामिण विद्युतीकरण कार्यक्रमलाई पूर्णता दिनुपर्ने आग्रह गर्नुभएको छ ।

भेटको क्रममा ग्रामीण विद्युतीकरण विस्तार कार्यका लागि आवश्यक बजेटको ब्यबस्था गरेर छिटो काम सम्पन्न गर्न प्राधिकरणले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । जिल्ला सदरमुकाम सल्लेरीमा पटक पटक भइरहने लोडसेडिङले स्थानीयहरु आजित बनेको भन्दै पटके लोडसेडिङ हटाउनका लागि पनि सांसद राईले प्राधिकरणको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिउत्तरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चालू आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने गरि ६ करोड बजेटको डेन्डर प्रक्रिया तत्कालै अगाडि बढाउने जानकारी दिनुभयो । काम सम्पन्न गर्न आवश्यक थप बजेटका लागि मन्त्रालयसँग समन्वय गरी विद्युत विस्तारको कामलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धतासमेत कार्यकारी निर्देशक घिसिङले व्यक्त गर्नुभएको सांसद राईको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, ४ भाद्र २०७८ ०९:००

Archives

प्रतिक्रिया दिनुहोस्