Logo

पर्यटनमन्त्री आलेको प्रश्न: ‘वाइडबडी विमानलाई घाममा किन सुकाएको ?’


काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमको विमानहरुले उडान नगरेकोमा असन्तुष्टी जनाएका छन् ।

मन्त्रीको सपथ लिएर कार्यभार सम्हाल्न मन्त्रालय पुगेका मन्त्री आलेले नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रकाश पौडेललाई वाइडबडी जाहाज किन घाममा सुकाएको ? भनेर प्रश्न गरे ।

उनले निगमका सबै विमान सञ्चालनमा ल्याउन निर्देशनसमेत दिएका छन् । उनले निजी क्षेत्रका विमान भरीभराउ हुने तर, निगमको किन नहुने भनेर प्रश्न गरेका छन् । मन्त्री आलेले धनगडी विमानस्थलाई अन्तर्राष्ट्रिय बनाउने बताएका छन् ।

उनले धनगडीलाई आन्तरिक स्रोत परिचालन गरेर अन्तर्राष्ट्रियस्तरको बनाउने योजना सुनाएका छन् । मन्त्री आलेले भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा ल्याउने जानकारी गराएका छन् । ३ महिनादेखि कर्मचारी आन्दोलनले अस्तव्यस्त बनेको वायुसेवा निगमका बारेमा मन्त्री आलेले कुनै प्रतिक्रिया दिएनन् ।

प्रकाशित मिति : शुक्रबार, २२ आश्विन २०७८ २०:५४

Archives

प्रतिक्रिया दिनुहोस्