Logo

काँग्रेस सोलुखुम्बुको अधिवेशन : ३ सय मत गन्दा सभापतिमा बस्नेतको २२ मतको अग्रता


सोलुखुम्बु – नेपाली काँग्रेस सोलुखुम्बुको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

अहिलेसम्म ३ सय मत गन्दा सभापति पदका उम्मेदवार विनोद बस्नेतले १ सय ५६ र नाम्गेलजाङ्बु शेर्पाले १ सय ३४ मत प्राप्त गरेका छन् । जिल्ला कार्यसमितिमा भने दुवै प्यानलबाट मिश्रित रुपमा मत प्राप्त भईरहेको जनाएको छ ।

२५ जना महाधिवेशन प्रतिनिधिका लागि भएको मतदानमा क्रमश प्रकासिंह कार्कि, आङ्गेलु शेर्पा र आङछिरिङ शेर्पाले अग्रता लिएका छन् । विहिवार भएको मतदानमा ८८० मत खसेको थियो ।

प्रकाशित मिति : शनिबार, ४ मंसिर २०७८ ०७:०५

Archives

प्रतिक्रिया दिनुहोस्