Logo

सोलुखुम्बुको देउसामा भलिबलसँगै ‘सिङ्गिङ आइडल’ र ‘डान्स स्टार’ हुँदै


काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७, देउसामा पौष १ गतेदेखि ४ गतेसम्म भलिबल प्रतियोगिताका साथै ‘देउसा सिङ्गिङ आइडल’ र ‘देउसा डान्स स्टार’ आयोजना हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट वाइसीएल नेपाल र अनेरास्ववियू (क्रान्तिकारी) देउसाको संयुक्त आयोजनामा सो कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रम संयोजक दीपक किरातीकाअनुसार प्रतियोगितामा प्रदेश नं. १ का वडाहरुको महिला तथा पुरुष भलिबल खेल हुनेछ । भलिबल प्रतियोगीतामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने महिला तथा पुरुष दुवैतर्फको टिमले समान राशी क्रमशः ५०, ३०, २० र १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल आयोजकले जनाएको छ । अन्तार्राष्ट्रिय नियमअनुसार खेलाइने खेलमा ङिमा गेलु शेर्पा, रस्बिन मगर, निशा खालिङ, दुर्गा कुलुङलगायतका विभिन्न तहका रेफ्रीहरुको टिम रहनेछ ।

सोही अवसरमा सांगीतिक साँझसमेत आयोजना गरिने छ । सांगीतिक साँझको लागि भ्वइस अफ नेपाल सिजन ३ मा टिम तृष्णाका विजेता ज्वाला राई देउसा आउने छन् । म्यास अप र कभर सङ गाएर चर्चामा आएका ज्वाला भ्वइस अफ नेपालमा पनि निकै रुचाइएका प्रतिस्पर्धी रहेका थिए । ज्वालाको साथमा गायिका खुसी थुलुङ, नृत्यांगनाहरु सिर्जना किराती, अनुषा राई, कला राई, लक्ष्मी राई, गायकहरु कुमार प्रयास, विनोद विक्रम राई, खगेन्द्र राई, केशव कसुर, मनराज राई र डम्बर राईको प्रस्तुति रहने छ । यी कलाकारहरुको साथमा ¥यापर प्रतिभा रानी राईको विशेष प्रस्तुति रहने छ । टिकटक दुनियाँबाट चर्चामा आएकी प्रतिभा मिस टीन–२०१९ कि विजेता समेत हुन् । कार्यक्रममा गौरब राई, माया शेर्पा र गार्डेन राईको उद्घोषण रहने जनाइएको छ ।

‘देउसा सिङ्गिङ आइडल’ र ‘देउसा डान्स स्टार’मा प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने प्रतिस्पर्धीहरुले क्रमशः १५, १०, ५ र २ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने साँस्कृतिक विभागकी संयोजक चन्द्रकला राईले जानकारी दिए । गायन र नृत्यतर्फ सोलुखुम्बुमा लामो समयदेखि निर्णयकको भूमिका निर्वाह गर्दै आएका गौरब राई, सज्जन राई र लक्ष्मी राईको अनुभवी निर्णायक मण्डल रहने आयोजकले जनाएको छ । सबैप्रतियोगितामा भाग लिने हरेक सहभागीलाई प्रमाणपत्रको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, २५ मंसिर २०७८ २०:१५

Archives

प्रतिक्रिया दिनुहोस्