Logo

टानको चुनाव लाग्यो, अध्यक्षमा दाबी गर्नेको सँख्या थपिदै


काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को घोषित निर्वाचन मिति नजिकिएसँगै अध्यक्ष पदका लागि दावेदारी प्रस्तुत गर्नेहरुको लर्को लागेको छ । टानले आफ्नो ४२औँ तथा ४३औँ साधारणसभासँगै नयाँ कार्यसमिति चयनको लागि आगामी माघ २८ गते निर्वाचन गर्ने घोषणा गरेको छ ।

टान अध्यक्षका लागि सामाजिक सञ्जालदेखि बिभिन्न माध्यमबाट दाबी गर्नेदेखि आफू निकट राजनीतिक संगठनमा लबिङ गर्ने काम सुरु भएको छ ।

यो समाचार तयार पार्दासम्म टानको भाबी अध्यक्षका लागि राजेन्द्र सापकोटा, निलहरी बाँस्तोला, बोधराज भण्डारीले सामाजिक सञ्जालमार्फत आफ्नो दाबी पेस गरिसकेका छन् । त्यस्तै वर्तमान वरिष्ठ उपाध्यक्ष नबिन त्रिताल प्रथम उपाध्यक्ष चोलेन्द्र बहादुर कार्की, महासचिव सरिता लामा, वर्तमान सचिव दामोदर ढकाललगायतको नाम पनि अध्यक्षका लागि चर्चामा छ ।

यद्यपी निर्वाचनमा पार्टीगत प्यानल निर्माणसहित चुनावी मैदानमा होमिने निश्चित जस्तै भएको हुँदा उम्मेदवार चयनमा विभिन्न पार्टीगत संगठनको महत्वपूर्ण भूमिका रहने गर्दछ । त्यसैले टानको नयाँ अध्यक्षका लागि कसले कुन प्यानलबाट टिकट पाउँछन्, त्यो भने हेर्न बाँकी नै छ ।

प्रकाशित मिति : शुक्रबार, १६ पुष २०७८ २२:३७

Archives

प्रतिक्रिया दिनुहोस्