Logo

राष्ट्रियसभा सदस्यमा सोलुखुम्बुका शेर्पा निर्वाचित


विराटनगर । प्रदेश १ राष्ट्रियसभा सदस्यमा एमाले उम्मेदवार सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् ।

गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । अल्पसंख्यक काेटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे । गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे ।

प्रकाशित मिति : बुधबार, १२ माघ २०७८ १७:२३

Archives

प्रतिक्रिया दिनुहोस्