Logo

सोताङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रको तर्फबाट खड्काको उम्मेदवारी घोषणा


सोलुखुम्बु : सोताङ गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रका नेता दीपक खड्काले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेता खड्काले आज शुक्रबार सोताङको शिवटार बजारमा आयोजित एक कार्यक्रमका बीच उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्र्चाज हेम कुमार राईले अध्यक्ष पदका लागी खड्काको उम्मेदवारी घोषणा गर्नुभएको हो । ७५३ वटा पालिकाहरूमध्येकै पहिलो उम्मेदवारी भएको माओवादी केन्द्र सोलुखुम्बुका संयोजक असीम राईले दाबी गर्नुभयो ।

सोताङ गाउँपालिकामा माओवादी केन्द्रले सामाजिक छवि उच्च भएका खड्कालाई उम्मेदवारको रूपमा अघि सारेको उहाँको भनाई छ । खड्काले २०७४ को स्थानीय निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको थियो ।

प्रकाशित मिति : शनिबार, १२ चैत्र २०७८ ००:१२

Archives

प्रतिक्रिया दिनुहोस्