Logo

माप्य दुधकोशी गाउँपालिकाको परिणाम मिश्रित


सोलुखुम्ब । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाको परिणाम मिश्रित आएको छ । नेकपा (एमाले) र कांगे्रस माओवादी केन्द्रको गठबन्धनबीच भएको निर्वाचनमा अध्यक्षसहित ३ वटा वडा एमोलेले जितेको छ भने उपाध्यक्षसहित ४ वटा वडा गठबन्धनले जितेको छ ।

एमालेका बुद्धिकिरण राई गाउँपालिका अध्यक्षमा जित्दा गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका माओवादी केन्द्रका नेता गौरब राई गाउँपालिकामा उपाध्यक्ष पदमा निर्वाचत भए । अध्यक्षमा निर्वाचित बुद्धिकिरण यसअघि पनि गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् भने उपाध्यक्षमा निर्वाचित गौरब लो प्रोफाइलबाट समग्र गाउँपालिकामा चर्चा कमाउन सफल यूवा नेता हुन् ।

त्यस्तै वडा नम्बर १ र ४ मा गठबन्धनबाट क्रमशः माओवादी केन्द्रका सज्जन राई र भक्त राई निर्वाचित भएका छन् भने वडा नम्बर ५ र ६ मा गठबन्धनबाटै कांगे्रसका अविरल वाईबा र रामप्रसाद राई प्यानलसहित निर्वाचित भएका छन् ।

यता वडा नम्बर २, ३ र ७ मा एमालेका चन्द्र राई, अमित राई र सगुजित राई वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
गाउँपालिकाको समग्र मत परिणाम हेर्दा गाउँसभामा गठबन्धन बहुमतमा देखिन्छ ।

प्रकाशित मिति : बुधबार, ४ जेष्ठ २०७९ १२:२२

Archives

प्रतिक्रिया दिनुहोस्