Logo

थुलुङ दुधकोशी गाउँपालिकामा माओवादीका अशिम राई र सबिता राई सान्दार जीत


सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)ले अत्याधिक मत ल्याएर जीत हाशिल गरेको छ ।

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका जिल्ला अध्यक्ष असिम राई र उपाध्यक्षमा सबिता राईले निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका वीरबहादुर गुरुङ र एकाकुमारी बस्नेत कार्कीलाई पराजित गर्दै जित हात परेका हुन् ।

मत परिणामअनुसार अध्यक्षमा राईले ४०४९ मत ल्याए भने उपाध्यक्षमा सविता राईले ३८०० मत ल्याएर निर्वाचित भएका हुन् ।

नेपाली काँग्रेसका वीरबहादुर गुरुङले ३५११ मत उपाध्यक्षमा एकाकुमारी बस्नेत कार्कीले ३५२३ मत ल्याएर दोस्रो भएका छन् । नेकपा एमालेबाट अध्यक्षमा आङबाबु राईले १६०१ मत र उपाध्यक्षकी उम्मेदवार कल्पना गिरीले १७४६ मत ल्याएकी छन् ।

गाउँपालिकाका ९ वडा अध्यक्षमध्ये माओवादीले चार वडा जितेको छ भने काँग्रेसले ५ वडा अध्यक्ष जितेको छ।

प्रकाशित मिति : बुधबार, ४ जेष्ठ २०७९ १२:५१

Archives

प्रतिक्रिया दिनुहोस्