Logo

नेचासल्यान गाउँपालिकामा कांग्रेसका धनजन राई र बिना राई निर्वाचित


सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । नेकपा एमालेका उम्मेदवार डुफ कुमार बास्तोला र सृजना राईलाई फराकिलो मतान्तरले पछि पार्दै कांग्रेसका धनजन राई र विना राई पालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित बनेका हुन् ।

कांग्रेसका राईले २५६९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका बास्तोलाले २३१३ मत प्राप्त गरे । राई र बास्तोलाबीचमा २५६ मतान्तर रहेको छ । उपाध्यक्षमा विना राईले ११२५ मतान्तरले विजय हासिल गरिन् । एमालेकी सृजना राईले १७८१ मत प्राप्त गर्दा निर्वाचित राईले २९०६ मत पाएकी थिइन् ।

पालिका अध्यक्ष राई नेपाली कांग्रेस प्रदेश सभा ‘क’का सभापति हुन् भने उपाध्यक्ष राई पुर्व पत्रकार हुन् । माओवादी केन्द्रबाट पालिका अध्यक्षका उम्मेदवार भुपेन्द्र कटेलले १११९ मत ल्याउँदा नेकपा एकिकृत समाजवादीबाट उपाध्यक्षका उम्मेदवार डिल्ली राईले ८२७ मत प्राप्त गरे ।

५ वडा रहेको नेचासल्यानमा १, २ र ४ कांग्रेस, ३ माओवादी केन्द्र र ५ मा एमालेका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : बुधबार, ४ जेष्ठ २०७९ १३:०८

Archives

प्रतिक्रिया दिनुहोस्