Logo

तारकेश्वर गाउँपालिका अध्यक्षमा भारी मतान्तरका साथ अधिकारी विजयी


काठमाडौँ- नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका अध्यक्षमा शिव अधिकारी अत्याधिक मतका साथ विजयी भएका छन् । नेपाली कांग्रेसका गाउँपालिका अध्यक्ष उम्मेदवार अधिकारीले ५ हजार ६ सय ६५ मत ल्याएर निर्वाचित भएका हुन् ।
पर्यटन पत्रकारितामा चर्चा कमाएका अधिकारी समाज सेवा हुँदै राजनीतिमा होमिएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रमेशबहादुर वस्तीले ३ हजार ३ सय ४१ मत मात्रा प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिप्रसाद रिमाल विजयी भएका हुन् । उनले ४ हजार ६ सय ५८ मत ल्याएका छन् । नेकपा एमालेका कोपिला भट्टले ३ हजार ३ सय ९२ मत ल्याएकी छिन् ।

प्रकाशित मिति : शनिबार, ७ जेष्ठ २०७९ २०:४३

Archives

प्रतिक्रिया दिनुहोस्