Logo

माप्य उपाध्यक्ष राईद्धारा पदभार ग्रहण, शिक्षा र स्वास्थ्य व्यवस्थापन तथा कृषि उत्पादन र पर्यटन विकासमा जोड दिने प्रतिबद्धता


सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष गौरब राईले पदभार ग्रहण गर्नुभएको छ । आईतबार निर्वाचित जनप्रतिनिधिहरुले सामुहिक सपथ ग्रहणपछि उहाँले उपाध्यक्षको रुपमा पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै उपाध्यक्ष राईले आफ्नो कार्यकालमा समयसापेक्ष शिक्षा र स्वास्थ्यको व्यवस्थापन तथा कृषि उत्पादन र पर्यटन विकासमा प्राथमिकता दिएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले चुनावी घोषणा पत्रमार्फत गरेका प्रतिबद्धताहरुलाई चरणबद्ध रुपमा पूरा गर्दै सम्बृद्ध गाउँपालिका निर्माणमा कटिबद्ध भएर लाग्ने पनि बताउनुभयो ।

जनयुद्धमा लागेर लामो समय त्यागको राजनीति गर्नुभएको राई हाल माओवादी केन्द्रको प्रदेश नम्बर १ कमिटी सदस्य हुनुहुन्छ । समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने र स्पष्ट वक्ताको छवि बनाउनुभएको राई सबैले रुचाउने नेतृत्वको रुपमा रहनुभएको छ ।

नेपाली कांगे्रस र नेकपा (माओवादी केन्द्र)बीच भएको गठबन्धनको तर्फबाट उपाध्यक्षको उम्मेद्धार बन्नुभएको माओवादी केन्द्रका नेता राईले एमालेका उम्मेद्धार जुनिता माया मगरलाई पराजित गर्नुभएको थियो ।

प्रकाशित मिति : सोमबार, ९ जेष्ठ २०७९ १९:४१

Archives

प्रतिक्रिया दिनुहोस्