Logo

माप्य दुधकोशीको पहिलो गाउँ कार्यपालिका बैठक सम्पन्न, बजेट क्यालेण्डर र विभिन्न समिति गठन


सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकले बजेट क्यालेण्डर पारित गरेको छ । निर्णयअनुसार असार ३, ४ र ५ गतेभित्र वडाहरुले बजेट तर्जुमा गर्ने, असार ६, ७ र ८ गतेभित्र गाउँपालिकास्तरीय बजेट तर्जुमा गर्ने र ९ गते कार्यपालिका बैठक गरेर १० गते गाउँसभामार्फत बजेट घोषणा गर्ने क्यालेण्डर पारित गरिएको छ ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा सम्पन्न उक्त बैठकले योजना अनुगमन समिति, न्यायिक समिति, स्थानीय राजस्व परामर्श समितिसँगै अन्य ८ वटा विषयगत समिति गठन गरेको छ । बैठकले गाउँपालिका उपाध्यक्ष गौरब राईको संयोजकत्वमा गाउँपालिकाको योजना अनुगमन समिति, न्यायिक समिति र स्थानीय राजस्व परामर्श समिति गठन गरिएको छ ।

योजना अनुगमन समितिको सदस्यमा भक्त राई र मेलिना राई रहेका छन् भने न्यायिक समितिको सदस्यहरुमा प्रकाश राई र सुष्मा विक रहेका छन् । त्यस्तै स्थानीय राजस्व परामर्श समितिको सदस्यहरुमा प्रकाश राई, मेलिना राई, जितेन्द्र कुमार यादव र सदस्य सचिवमा खगेन्द्र भट्टराई रहेका छन् ।

सोही बैठकबाट कार्यपालिका बैठकबाट सार्वजनिक सेवा तथा क्षमता विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, विधेयक समिति, आर्थिक विकास समिति, वन, वातावरण तथा सरसफाई समिति, विपद् व्यवस्थापन समिति, सुशासन प्रवद्र्धन तथा सेवा प्रवाह समिति गठन गरिएको छ ।

सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजकमा सज्जन राई र सदस्यहरुमा किन्जु शेर्पा र सुष्मा विक रहेका छन् भने सामाजिक विकास समितिको संयोजकमा सगुजित राई र सदस्यहरुमा आङकाजी शेर्पा र चन्द्र बहादुर राई रहेका छन् ।

त्यस्तै पूर्वाधार विकास समितिको संयोजकमा आङकाजी शेर्पा र सदस्यहरुमा रामप्रसाद मगर र चन्द्र बहादुर राई रहेका छन् । विद्येयक समितिको संयोजकमा कल्पना भुजले र सदस्यहरुमा प्रकाश खालिङ र अमित राई छन् भने आर्थिक विकास समितिको संयोजकमा अमित राई र सदस्यहरुमा भक्त राई र कल्पना भुजेल रहेका छन् ।

वन, वातावरण तथा सरसफाई समितिको संयोजकमा अविरल वाईवा र सदस्यहरुमा सज्जन राई र चन्द्र बहादुर राई रहेका छन् भने विपद व्यवस्थापन समितिको संयोजकमा भक्त राई र सदस्यहरुमा सगुजित राई र सज्जन राई रहेका छन् । त्यसैगरी सुशासन प्रवद्र्धन तथा सेवा प्रवाह समितिको संयोजकको संयोजक प्रकाश खालिङ र सदस्यहरुमा सज्जन राई र किन्जु शेर्पा रहेका छन् ।

बैठकबाट वडालाई केही सिलिङ बजेट दिने निर्णय गरिएको छ । गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईकाअनुसार आउँदो आर्थिक वर्षको लागि ३७ लाखको दरले सात वटा वडालाई सिलिङ बजेट दिइएको छ ।

प्रकाशित मिति : बिहीबार, २ असार २०७९ १८:१६

Archives

प्रतिक्रिया दिनुहोस्