Logo

सोलुखुम्बु जिल्ला भलिबल संघको अध्यक्षमा किराती सर्बसम्मत


सोलुखुम्बु । जिल्ला भलिबल संघ, सोलुखुम्बुको अध्यक्षमा दीपक किराती सर्बसम्मत निर्बाचित भएका छन् । बिहीवार सम्पन्न संघको पाँचौ अधिवेशनले किरातीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा मिङमार दिरी शेर्पा र अर्पना राई, महासचिवमा योगेश श्रेष्ठ र कोषाध्यक्षमा नरमाया राई सर्वसम्मत् चयन भएका छन् ।

सदस्यमा कामी निमा शेर्पा, गोकुल राई, दिनेश नाछिरिङ, राम खड्का, निशा राई र अर्जुन रोका निर्विरोध चयन भएका छन् । त्यसैगरी अधिवेशनले प्रदेश प्रतिनिधिमा राम खड्का र दीपक किराँतीलाई छनौट गरेको छ भने एकजना केन्द्रीय प्रतिनिधि कार्यसमितिको बैठकले छनोट गर्नेछ ।

प्रदेश अधिवेशनका लागि प्रत्येक जिल्लाबाट दुई जना र केन्द्रीय अधिवेशनका लागि एकजना प्रतिनिधिसमेत छनोट गरिने छ ।

अधिवेशन दीपक किराँतीको अध्यक्षता तथा जिल्ला खेलकूद बिकास समिति, सोलुखुम्बुका अध्यक्ष नरेन्द्र थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न थियो ।

प्रकाशित मिति : शुक्रबार, ३ असार २०७९ १८:४५

Archives

प्रतिक्रिया दिनुहोस्