Logo

एमाले सोलु जिल्ला सदस्यमा ६ जना मनोनित


नेकपा एमाले सोलुखुम्बुको जारी वैठकले ६ जिल्ला सदस्य मनोनित गरेको छ ।

नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका थुलुङ दुधकोशी ९ का पूर्व वडाअध्यक्ष भुपालसिं राईसहित ६ जनालाई जिल्ला कमिटीमा मनोनित गरिएको जिल्ला अध्यक्ष डुफ कुमार बास्तोलाले जानकारी दिए ।

चौथो पुर्ण वैठकबाट जिल्ला सदस्यमा मनोनित हुनेमा माप्य दुधकोशीका दिनेश राई, सोताङका मानवीर राई, थुलुङ दुधकोशीका सोम कुमार तामाङ र झनक बस्नेत लगायत रहेका छन् ।

यसैबीच, बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जनप्रनितिधिहरुलाई बधाई ज्ञापनका साथै सम्मान गरेको छ । वैठकले स्थानीय तह निर्वाचनको समिक्षा समेत गर्नेछ ।

२०७४ मा ४ स्थानीय तह जितेर पहिलो पार्टी बनेको एमाले २०७९ को निर्वाचनमा दुई स्थानीय तहमा खुम्चिएको छ ।

प्रकाशित मिति : सोमबार, ६ असार २०७९ १७:४३

Archives

प्रतिक्रिया दिनुहोस्