Logo

टानको अध्यक्षमा निलहरी बास्तोला निर्वाचित (मत परिणामसहित)


काठमाडौं । पर्पतीय पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा निलहरी बास्तोला निर्वाचित भएका छन्।

टानको पूर्वउपाध्यक्षसमेत रहेका बास्तोलाले काठमाडौंमा गएराति सम्पन्न मत गणनामा प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई हराउँदै भारी मतान्तरले अध्यक्षमा निर्बाचित भएका हुन्। बास्तोलाले ६१६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिष्पर्धि सापकोटाले २६४ मत प्राप्त गरेका थिए ।

टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रतित पण्डित, द्धितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित भएका छन्।

सोलुखुम्बु नेचासल्यान घर भएका नवनिर्बाचित अध्यक्ष बास्तोला सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य तथा सन् २०१७–२०१९ मा द्वितीय उपाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : मंगलवार, ३१ श्रावण २०७९ १०:५६

Archives

प्रतिक्रिया दिनुहोस्