Logo

सांसद हेमकुमार राईद्धारा घोषित ‘उज्यालो सोलुखुम्बु’ अभियान आफ्नै कार्यकालमा पूरा हुँदै


टेण्डर प्रक्रिया पूरा भएसँगै १८ महिनाभित्र सांसद राईद्धारा घोषित ‘उज्यालो सोलुखुम्बु अभियान’ले समेत पूर्णता पाउने छ ।

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको ग्रामीण विद्युतीकरणका लागि १ अर्ब ५९ करोड ७२ लाख बराबरको टेन्डर प्रकृया पूरा भएको छ । सोलुखुम्बु जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरबीर’को पहलमा जिल्लाको विद्युतीकरणका लागि बिनियोजित सो बजेट बराबरको टेण्डर प्रकृयाले बिहीवार पूर्णता पाएको हो ।

यो टेण्डर प्रक्रिया पूरा भएसँगै १८ महिनाभित्र सांसद राईद्धारा घोषित ‘उज्यालो सोलुखुम्बु अभियान’ले समेत पूर्णता पाउने छ ।

सांसद राईले ‘उज्यालो सोलुखुम्बु अभियान’को घोषणा गरेका थिए । सो अभियान घोषणासँगै उनकै पहलमा २०७६ सालमा जिल्लामा विद्युत वितरण केन्द्र स्थापना गरिएको थियो । त्यसयता ग्रामीण विद्युतीकरण अन्तर्गत करोेडौंको काम सम्पन्न भएका छन् ।

सोलु करिडोर आयोजनामार्फत हालसम्म ४ हजार भन्दा बढी घरमा राष्ट्रिय प्रशारण लाईन जडान भएको छ भने देउसा र खुम्बुमा ३३ के.भी. सबस्टेसन निर्माणको प्रक्रिया पनि अगाडि बढेको सांसद राईको सचिवालयले जनाएको छ ।

जिल्लालाई पूर्ण विद्युतीकरण कार्यक्रममा समावेश गरी अहिलेसम्मकै सबैभन्दा बढी बजेट बिनियोजन गर्न सांसद राई सफल भएका हुन् ।

यसैबीच, सांसद राईको सचिवालयले यस कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरी सहयोग गर्ने पूर्व उर्जामन्त्री बर्षमान पुन, बहालवाला उर्जामन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : बिहीबार, १३ आश्विन २०७९ २१:३८

Archives

प्रतिक्रिया दिनुहोस्