Logo

कतार र अष्ट्रेलियाका राजदूत सगरमाथा क्षेत्र घुमेर फर्किए


नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हाली सगरमाथाको आधार शिविर पुगेर फर्किएका छन् । श्री एयरको हेलिकप्टरमा आज बिहान सोलुखुम्बुस्थित आधार शिविर पुगेका राजदूत युसुफ दिउँसो काठमाडौँ फर्किएका हुन् ।

त्यस्तै, अष्ट्रेलियन राजदूत एच ई फेलिसिटिले पनि आजै सगरमाथाको आधार शिविर भ्रमण गरेका छन् । उनी अल्टिट्युड एरको हेलिकप्टरमा बेश क्याम्प घुमेर दिउँसो काठमाडौँ फर्किएका हुन् ।

प्रकाशित मिति : बिहीबार, २२ मंसिर २०७९ १७:२७

Archives

प्रतिक्रिया दिनुहोस्