Logo

यस्तो बन्ने भयो नेचासल्यान गाउँपालिकाको प्रशासनिक भवन


सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि डिपीआर तयार भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमै निर्माण कार्यको थालनी गर्ने गरि भ्याटसहित ११ करोड ७ लाख ४१ हजार ४७७ रुपैयाँ बराबरको डिपिआर तयार गरेको हो ।

उक्त डिपीआर स्पाईरल ग्रिड सोलुसन प्रालि काठमाण्डौँले तयार गरि सोमबार गाउँपालिकामा पहिलो प्रारम्भिक रिपोर्ट समेत पेश गरेको पालिकाका सुचना अधिकारी युवराज पोखरेलले जानकारी दिए ।

४ तलाको उक्त भवनमा सेवाग्राहीको बढी चाप हुने शाखाहरु अन्तिम तलामा र अन्य शाखा माथिल्लो तलामा राख्ने गरि डिजाईन गरिएको हो । सो भवन वडा नम्बर ३ विहिबारे बजारको करिब एक रोपनी क्षेत्रफलमा निर्माण हुने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, २७ पुष २०७९ ०९:३८

Archives

प्रतिक्रिया दिनुहोस्