Logo

दीक्षालय नेपालद्धारा एसईईमा उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान


काठमाडौं । दीक्षालय नेपालले एसईई २०७९ मा उत्कृष्ठ नतिजा हासिल गर्न सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रबार बौद्धस्थित टिबेट होटलमा एक भव्य समारोहको आयोजना गरी विद्यार्थीहरुलाई विद्यालयले सम्मान गरेको हो ।
काठमाडौंको कपनमा अवस्थित दीक्षालय नेपालका जम्मा ४० जनाले एसईई दिएकोमा ३८ जनाले ए प्लस र २ जनाले ए जीपीए ल्याएका छन् । यस वर्षको एसईईमा ३.९५ जीपीएसहित सलिना रिजाल विद्यालय उत्कृष्ठ हुन सफल भइन् ।

साढे ४ सय भन्दा बढि विद्यार्थी संख्या रहेको यस विद्यालयले एसईई दिने विद्यार्थीको संख्यात्मक नतिजाका आधारमा गरिएको मुल्यांकनमा यस शैक्षिक सत्रमा उपत्यकाको विद्यालयहरुमध्ये चौथो स्थान हासिल गर्न सफल भएको छ ।

एसईईमा सफल विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै गर्दै बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले दीक्षालय नेपाल हरेक हिसाबले नमुना विद्यालयको रुपमा स्थापित भएको बताउनुभयो । यस विद्यालयको उत्कृष्ठ शैक्षिक गतिविधिले एसईई परिक्षामा उत्कृष्ठ नतिजा हासिल गर्न सफल भएको उल्लेख गर्दै उहाँले आगामी दिनका लागि सफलताको शुभकामनासमेत दिनुभयो ।

मेयर अधिकारीले नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयलाई समान दृष्टीकोणमा हेरिने र राम्रो विद्यालयलाई निश्चित मापदण्ड तथा मुल्यांकनको आधारमा सम्मान गर्ने कार्यक्रम ल्याइने उद्घोषसमेत गर्नुभयो ।
दीक्षालय नेपाल सञ्चालक समितिका अध्यक्ष लब्जी बहादुर कार्कीले निक्कै ठूलो मिहेनत र लगानीबाट विद्यालय आज एक छुट्टै पहिचान दिलाउन सफल भएको भन्दै सबै तह र तप्काबाट साथ सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यस विद्यालयबाट एसईई दिएर जाने विद्यार्थीहरुको शैक्षिक उन्नति र प्रगतिको कामना गर्दै आगामी दिनमा विद्यालयको शैक्षिक गतिविधिमा थप नयाँ योजनाहरुका साथ अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

आफ्नै अत्याधुनिक सुविधा सम्पन्न भौतिक संरचनासहित सञ्चालनमा रहेको यस विद्यालयमा इन्टरनेश्नल करिकुलमका आधारमा पठनपाठन गरिरहेको विद्यालयका प्रबन्ध निर्देशक चित्रकुमार दाहालले बताउनुभयो । पठन पाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले आफुलाई अब्बल सावित गर्दै आएको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष लब्जी बहादुर कार्कीको सभापतित्व तथा बुढानिलकण्ड नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मान कार्यक्रममा बरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी आङछिरिङ शेर्पा, पर्यटन व्यवसायी तथा शिक्षासेवी कर्मा शेर्पा, सक्षम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा समाजसेवी सोनाम छोटी शेर्पा, शिक्षासेवी डा। पिटर, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : शनिबार, १३ श्रावण २०८० ०९:५९

Archives

प्रतिक्रिया दिनुहोस्