इन्टरनेश्नल मार्सल आर्टलाई न्युयोर्क ओपन कराते च्याम्पियनसिपमा सात स्वर्णसहित १६ पदक

न्युयोर्क / इन्टरनेश्नल मार्सल आर्ट एसोसिएसनले न्युयोर्क ओपन कराते च्याम्पियनसिपमा सात स्वर्ण सहित १६ पदक जितेको छ।
इन्टरनेश्नल मार्सल आर्ट एसोसिएसन न्युयोर्क अमेरिकामा नेपालीले शुरु गरेको पहिलो स्कुल हो।
बक्स्तेर कराते डोको आयोजनामा आइतबार सनी वेष्टचेस्टर कम्युनिटी कलेजमा भएको च्याम्पियनसिपमामा इन्टरनेश्नल मार्सल आर्ट एसोसिएसन तीन खेलाडीले दोहोरो स्वर्ण जित्न सफल भए।
इन्टरनेश्नल मार्सल आर्ट एसोसिएसनबाट २० खेलाडीले भाग लिएकोमा अंकिता श्रेष्ठ, आदित्य रोय र मोहम्मद आई तीनै जनाले काता र कुमितेमा स्वर्ण जिते। यसै गरी माधव पुन कातामा एक स्वर्ण र कुमितेमा एक रजत पदक जिते।
एसिया गुरुङले कातामा रजत पदक जितिन् । कुसुम गुरुङ र स्पोरन्सा म्याजिलले कुमितेमा रजत पदक जिते।

यस्तै तेन्जिङ एम र प्रीति गुरुङले कातामा कांस्य पदक जिते भने कृश लामाले कातामा कांस्य पाए।
सौरभी गौतम र केभिन नउलोले कुमितेमा कांस्य पाएका छन् ।
एक दिने च्याम्पियनसिपमा अमेरिकाका विभिन्न राज्य, क्यानडा र मेक्सिको लगायतका देशका गरी चार सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो।
कराते प्रशिक्षक पर्खी राईद्धारा सञ्चालित यो डोजोमा खेल्दै आएका खेलाडीहरुले विभिन्न प्रतियोगिताहरुमा भाग लिदै आएको छ ।