Logo

प्रचण्डले सत्य निरुपण आयोगमा दिने जवाफ टुँडिखेलमा दिए : दमननाथ ढुंगाना


३ माघ, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्य निरुपण आयोगमा आएर दिनुपर्ने जवाफ टुँडिखेलमा दिएको टिप्पणी गरेका छन् ।

माघ १ गते प्रचण्डले टुँडिखेलमा थारु समुदायले गरेको माघीको कार्यक्रममा आफूले १७ हजारको नभई ५ हजार मान्छे मारिएको मात्र जिम्मा लिने बताएका थिए । त्यसमा टिप्पणी गर्दै ढुंगानाले सत्य निरुपण आयोगमा १७ हजार मान्छे किन मारियो भनी प्रचण्डलाई सोध्दा दिने जवाफ टुँडिखेलमा नै दिएको बताएका हुन् ।

‘प्रचण्डजीले ५ हजार मान्छेको मात्र जिम्मा लिन्छु भन्नभयो, यो त आयोगमा बयान गर्दा मात्र भन्ने कुरा हो । किन १७ हजार मारियो भनेर सोधिँदाखेरि दिने जवाफ हो’ उनले भने ‘१७ हजारको लिनुहुन्छ कि कतिको लिने हो त्यहाँ उभिँदा भन्ने कुरा हो ।’

प्रचण्डले आयोग गठनमा विलम्ब गर्न वा नगर्न टुँडिखेलमा जवाफ दिएको हुनसक्ने ढुंगानाले बताए ।

सशस्त्र द्वन्द्वमा भएका गैरन्यायिक हत्यामा तत्कालिन युद्धरत पक्ष कानूनको दायरामा आउनैपर्ने ढुंगानाले बताए । ‘कानूनको दायरामा आउनैपर्छ, राष्ट्रिय कानूनको दायरामा आउनुहुन्छ कि अन्तर्राष्ट्रिय कानूनको भन्नेमात्र हो’ उनले भने ‘हाम्रो देशले बयान गराउन सकेन भने अन्तर्राष्ट्रिय अदालतले ल्याउँछ ।’

पहिले गठन गरेको सत्य निरुपण आयोग म्याद गुजारिएको र अर्को गठन नगर्नुको नियत ठीक नभएको भन्दै ढुंगानाले यद्धपीडितलाई गलाउन, धेरै समय लगाएर प्रमाण लोप गराउने प्रपञ्च हुन सक्ने आशंका गरे । ‘तर अन्तर्राष्ट्रिय समुदायले मान्ने छैन’ उनले भने ।

राष्ट्रिय कानून छल्न खोजे पनि अन्तर्राष्ट्रिय कानूनको दायरामा आउनैपर्ने भन्दै उनले बरु राष्ट्रिय कानूनकै दायरामा आउन सुझाव दिए ।

प्रकाशित मिति : शुक्रबार, ३ माघ २०७६ १७:१७
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ