Logo


सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा मंगलबारदेखि प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु हुँदैछ । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश १ स्तरीय कमिटीको आयोजनामा फागुण १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश १ को १४ मध्ये १३ जिल्लाको सहभागिता रहने एकेडेमी प्रदेश कमिटी अध्यक्ष सागर थापाले बताए ।

सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले प्रतियोगितामा ताप्लेजुङ जिल्लाको भने प्राबिधिक कारणवश सहभागिता नरहने जानकारी दिए । प्रतियोगितामा सहभागी टिमहरुलाई चार समूहमा विभाजन गरिएको अन्तराष्टिय रेफ्री विजय केसीले जानकारी दिए । ग्रुप एमा झापा, धनकुटा, ताप्लेजुङ र इलाम रहेको छ भने ग्रुप बि मा भोजपुर, उदयपुर र संखुवासभा रहेको छ । यस्तै ग्रुप सीमा सुनसरी, पाँचथर र संखुवासभा रहेको छ भने ग्रुप डी मा ओखलढुंगा, तेह्रथुम, खोटाङ र मोरङ परेको छ ।

उद्घाटन खेलमा मंगलबार सोलुखुम्बुले भोजपुरको सामना गर्नेछ । खेल योंग स्टार क्लव दोर्पू बजारको खेल मैदानमा विहान ८ बजेदेखि नै शुरु हुने भएपनि सोलुखुम्बु र भोजपुरको खेललाई उद्घाटन खेलको रुपमा आयोजकले राखेको छ । औपचारिक उद्घाटन शत्र सम्पन्न भएपछि सोलुखुम्बु र भोजपुरको खेल हुनेछ ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको सबै तयारी सकिएको मदन भण्डारी स्पोर्टस एकेडेमी सोलुखुम्बुका अध्यक्ष दिपक राजभण्डारीले बताए ।

प्रतियोगिताको उद्घाटन सोलुखुम्बुवाट निर्वाचित संघीय सांसद हेमकुमार राई सुरवीरले गर्ने कार्यक्रम रहेको छ । नेपाल पर्यटन बर्ष २०२० लाई समेत सघाउ पुर्याउने उद्देश्यले आयोजित प्रतियोगिताको बिजेताले क्रमशः एक लाख पचास हजार, एक लाख र पचास हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

हेर्नुहोस् खेल तालिका

प्रकाशित मिति : सोमबार, ५ फाल्गुन २०७६ २२:२१
प्रतिक्रिया दिनुहोस्