Logo

प्रधानमन्त्री ओलीले आफ्नो ६९औँ जन्मदिन पुर्ख्यौली घर तेह्रथुममा मनाउने


प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औँ जन्मदिन पुर्ख्यौली घर तेह्रथुमको आठराईमा मनाउने भएका छन्।

जन्मदिन मनाउन आइतवार उनी पाँचथर हुँदै तेह्रथुमको आठराई जाने कार्यक्रम रहेको उनका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले बताए।

“पाँचथरमा खानेपानी आयोजनाको उद्घाटन गरेर त्यसपछि हेलिकोप्टरबाट उहाँ जन्मघर आउने कार्यक्रम छ,” भण्डारीले भने।

प्रधानमन्त्रीसँगै उनको जन्मघर पत्नी र बुवा एवम् अर्थमन्त्री युवराज खतिवडा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, ऊर्जामन्त्री वर्षमान पुन, खानेपानीमन्त्री बीना मगर, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई त्यता जाँदै गरेको आयोजकहरूले बताएका छन्।

प्रधानमन्त्री ओलीका बाल्यकालका साथी तथा प्रदेश सभा सदस्य तेजमान कन्दङ्वाका अनुसार जन्मदिनका लागि ३/४ महिना अघिदेखि नै तयारी शुरू भएको थियो।

“हामीले ३/४ महिना अघिदेखि नै उहाँको जन्मदिन मनाउने योजना अनुसार हेलिप्याड बनाउने र गाडी पार्किङका लागि ठाउँ सम्याउने काम थालेका थियौँ,” कन्दङ्वाले बीबीसीलाई भने।

ओलीको घरमा केक काट्ने कार्यक्रम समेत रहेको बताइएको छ। बीबीसी

प्रकाशित मिति : आईतवार, ११ फाल्गुन २०७६ ११:५७
प्रतिक्रिया दिनुहोस्