Logo

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति पूर्व लडाकु !


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार गर्ने युवक रतन तिरुवा भएको पत्ता लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । प्रहरीका अनुसार उनी जुम्ला घर भएका हुन् ।

२२ वर्षीय तिरुवा पूर्व लडाकु हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । तिरुवा कम्युनिष्ट विचारधाराका हुन् ।

उनले आफ्नो फेसबुक पेजमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्से तुङको तस्बिर राखेका छन् । उनले कम्युनिष्ट विचारका नारा समेत राखेका छन् ।

युवकलाई अनामनगरस्थित महानगरी प्रहरी वृत्त सिंहदरबारमा लगिएको छ । उनीमाथि अनुसन्धान अगाडि बढाइएको छ ।

प्रकाशित मिति : आईतवार, १८ फाल्गुन २०७६ १७:०९
प्रतिक्रिया दिनुहोस्