Logo

प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन शहिद परिवारको नरहेको पुष्टि


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवा शहिद परिवारको नरहेको पुष्टि भएको छ । तिरुवाका बुबा माओवादी युद्धका क्रममा मारिएको भन्ने रतनको दाबी असत्य भएको नेकपा जुम्लाले आइतबार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

नेकपा जुम्लाका अध्यक्ष वीरबहादुर कुँवरले विज्ञप्ति जारी गरेर तिरुवा नेकपामा नरहेको पनि स्पष्ट पारेका छन । विज्ञप्तिमा भनिएको छ ‘जति निन्दा गरे पनि नपुग्ने उक्त अराजनीतिक उद्दण्ड, आतंककारी कार्यमा संलग्न जुम्ला जिल्ला सिञ्जा गाउँपालिका निवासी मुन तिरुवाको छोरा कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै शहिद परिवार र हाम्रो पार्टीको पनि समर्थकसम्म नभएको उक्त व्यक्ति विप्लव समूहको गतिविधिमा रहेको जानकारी गर्दछु।’

माओवादीले तयार पारेको ११२२० जना सहिदको सूचीमा पनि रतनका पिताको नाम भेटिएको छैन । १०९४ जना बेपत्ता योद्धाहरुको सूचीमा पनि रतनका बुबा मनु तिरुवाको नाम न भेटिएको नेकपाले जनाएको छ । रतन भिजिलान्ते हुन सक्ने आशङ्का गरिएको छ। नेकपा भित्रको अन्तरकलह चलिरहेको समयमा कसैले प्रयोग गरेको हुन सक्ने आशङ्का गरिएको छ ।

प्रकाशित मिति : आईतवार, १८ फाल्गुन २०७६ २०:३७
प्रतिक्रिया दिनुहोस्