Logo

भारतीय गायिका कपुरलाई कोरोना भएको पुष्टि


काठमाडौं । भारतीय गायिका कनिका कपूरलाई कोरोना संक्रमणको पुष्टि भएको छ । कोरोनाको संक्रमण देखिएपछि गायिका कपुरलाई उत्तर प्रदेशको राजधानी लखनऊको केजीएमयू अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । कपुर पाँच दिनअघि (मार्च १५) मा लण्डनबाट भारत फर्किएका थिए ।

लखनऊमा एक अपार्टमेन्टमा बसेकी कनिकाले एक होटलमा पार्टी पनि दिएकी थिइन् । सो पार्टीमा करिब पाँच सय सहभागी थिए । कनिकालाई कोरोनाको संक्रमण देखिएपछि उनको पार्टीमा सहभागी भएकाहरुको खोजी भइरहेको स्वास्थ्य विभागलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनीहरुको सबैको नमुना परीक्षण गरिने स्वास्थ्य विभागले जनाएको छ ।

पार्टीमा सहभागी व्यक्तिहरुमा कोरोनाको संक्रमण देखिए अस्पतालको निगरानीमा राखिने बताइएको छ। लखनऊमा कनिकासहित चार जनालाई कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छ।

प्रकाशित मिति : शुक्रबार, ७ चैत्र २०७६ १६:४८
प्रतिक्रिया दिनुहोस्