Logo

काँग्रेसले थुलुङ दुधकोसी गाउँपालिकामा खुल्लासभा आयोजना गर्ने


नेपाली काँग्रेसले थुलुङ दुधकोसी गाउँपालिकामा खुल्लासभा आयोजना गर्ने भएको छ । काँग्रेस थुलुङ्ग दुधकोसी गाउँपालिकाले आगामी फागुन ३ गते खुल्ला सभा आयोजना गर्न लागेको हो।

काँग्रेसका महामन्त्रि डा. शशांक कोईराला, केन्द्रीय सदस्य बलबहादुर केसी, धनराज गुरुङ र गगन थापालगायतले उक्त कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस थुलुङ्ग दुधकोशी गाउँपालिका सभापति महेन्द्रदीप राईले जानकारी दिए।

काग्रेसको संगठन विस्तार गर्न तथा नेकपा नेतृत्वको सरकारको दुई तिहाईको दम्भ र सरकारले गरेका गलत कामका विरुद्ध सचेतना जगाउन कार्यक्रम आयोजना गरिएको सभापति राईले बताए ।

प्रकाशित मिति : बुधबार, २२ माघ २०७६ २२:१७
प्रतिक्रिया दिनुहोस्