निजी क्षेत्रबाट पर्यटनमन्त्री बनाउन सामुहिक पहल गर्नुपर्ने टान अध्यक्ष पाण्डेको धारणाा

काठमाडौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले चुनौतीसँगै अवसर पनि आउने भएकाले निजी क्षेत्रबाट पर्यटनमन्त्री नियुक्त गर्ने विषयमा सरकारसँग सामूहिक रूपमा पहल गर्नुपर्ने आवश्यकता औल्याएका छन् । फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष पाण्डेकाअनुसार टानले आकस्मिक बैठक बोलाउने तयारी गरेको छ । हालैको राजनीतिक परिवर्तनको सन्दर्भमा पर्यटन क्षेत्रको एकीकृत रणनीति बनाउन आवश्यक भएको भन्दै उनले सबै पर्यटन संघ संस्थाका अध्यक्षलाई आकस्मिक छलफलमा सहभागी हुन आग्रहसमेत गरेका छन् ।