Logo

सांसद कार्कीले सोलुखुम्बुका लागि प्रधानमन्त्री बालेनलाई सुझाए १३ मुख्य योजना


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूसँग प्रत्यक्ष संवाद गर्ने क्रममा कोशी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई भेटेर सुझाव मागेका थिए । प्रधानमन्त्री शाहसँगको छलफलमा क्रममा सोलुखुम्बुबाट निर्वाचित सांसद प्रकाश सिंह कार्कीले जिल्लाको भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, पर्यटन र सञ्चार क्षेत्रसम्मका महत्वपूर्ण योजनाहरूलाई प्रभावकारी कार्यान्वयनमा लैजानुपर्ने सुझाव पेश गरेका छन् ।

सो क्रममा प्रतिनिधिसभा सदस्य कार्कीले सोलुखुम्बु जिल्लालाई समेटेर राखेका प्रमुख १३ बुदे सुझावहरु –
१, बिपि राजमार्ग हुँदै सोलुखुम्बु ,ओखलढुंगा ,खोटाङ जाने सडक स्तरोन्नति , कालोपत्रे र बिच भागमा रहेका बर्षौदेखी निर्माणाधीन पुल निर्माण अबिलम्ब सक्न पर्छ ।
२, खुम्बु पासाङल्हमु र सोताङ गाउँपालिकामा बिधुत सव स्टेसन निर्माण गरेर कालापत्थरसम्म १३२ KVA लाइन बिस्तार गरी बिधुतको सहज पहुँच पुर्याउन पर्ने ।
३, दुधकोशी करिडोर निर्माणलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउनुपर्ने ।
४, गोल्डेन सगरमाथा सडक स्तरोन्नति कालोपत्रे र सदरमुकामबाट सबै गाउपालिका जोड्ने सडक , सबै जिल्लाभर निर्माणाधीन सडकको स्तरोन्नति र कालोपत्र गर्न प्राथमिकताका साथ काम अगाडि बढाउनुपर्ने ।
५, बर्खुघाट,दिलिघाट ,अधेरी लगायतका DPR तयार भएर निर्माण हुन नसकेका र निर्माणाधीन मोटररेवल पुल निर्माणमा जोड दिनुपर्ने
६, फाप्लु अस्पतालमा ब्लड बैंक स्थापना र सुबिधासम्पन्न एम्बुलेन्सको ब्यबस्था र प्रत्येक पालिकामा निर्माण भएका अस्पतालको स्तरोन्नति बन्न बाकी पालिकामा सुबिधा सम्पन्न अस्पताल निर्माणका जोड ।
७, खानेपानीको पहुँच जिल्लाभर बिस्तारमा जोड ।
८, प्रत्येक गाउपालिकामा कृषकहरुको उत्पादन लाई बजारीकरणका लागि निशुल्क कृषि एम्बुलेन्सको ब्यबस्था
९, NTC नेटवर्कको पहुँच जिल्लाभर ब्यबस्थापन गर्नपर्ने ।
१०, बाँदर नियन्त्रणमा जोड दिनुपर्ने ।
११, बैज्ञानिक शिक्षा प्रदान गर्न बिधालयको सुधार र शिक्षण सिकाईमा गुणस्तरीयता कायम गर्नुपर्ने ।
१२, सोलुखुम्बुको पर्यटन बिकासको लागि ७२ सिट क्षमता भएको हवाइजहाज बस्न सक्ने बिमानस्थलको सम्भाब्यतता अध्ययन गरि निर्माण गर्नुपर्ने ।
१३, नेचासल्यानमा निर्माणाधीन CTEVT बाट स्वीकृत प्राप्त कलेजलाई तिब्रताका साथ निर्माण गरि संचालन गरिनुपर्ने ।

प्रकाशित मिति : सोमबार, १६ चैत्र २०८२ २३:०२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ