Logo

टानसँगको सहकार्यमा हिमालयन फ्रेन्ड्सद्धारा कोलोराडोमा भ्रमण वर्ष २०२० सम्बन्धि कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यका साथ अमेरिकाको कोलोराडोमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरिएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)सँगको सहकार्यमा हिमालयन फ्रेण्डस् ट्रेकिङकम्पनीले १९ फेबु्रअरी २०२० मा सो कार्यक्रम आयोजना गरेको हो ।

५० जना भन्दा बढिको विदेशीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक रिञ्जी जाङ्बो शेर्पाले नेपालको पर्यटकीय गन्तव्यहरुलाई समेटेर तयार पारिएको भिडियोसहितको प्रोजेक्टर प्रजेन्टेशन दिनुभएको थियो । त्यस्तै पर्यटकीय गन्तव्यहरुसम्बन्धि फोटो प्रदर्शनीसमेत गरिएको थियो ।

आयोजक कम्पनीकाअनुसार कार्यक्रममा सहभागिहरुमध्ये कतिपय यसअघि नै नेपाल आइसकेको र कतिपय नेपाल भ्रमणमा आउन चाहानेहरु रहेका थिए ।
अन्तक्र्रियात्मक रुपमा सञ्चालन गरिएको उक्त कार्यक्रममा भिडियोसहितको प्रजेन्टेसन हेरेपछि सहभागिहरुले नेपालको पर्यटकीय गन्तव्य तथा पर्यटकीय अवस्थाका बारेमा विभिन्न जिज्ञासा राखेका थिए ।

त्यसको प्रतिउत्तरमा कम्पनीका प्रबन्ध निर्देशक शेर्पाले नेपालको पर्यटकीय गन्तव्य तथा समग्र मुलुकको पर्यटनको अवस्थाका साथै सरकारले अघि बढाएको नेपाल भ्रमण वर्ष २०२० को अभियानबारे बारे विस्तृत रुपमा जानकारी दिनुभएको थियो ।

टानका महासचिव सरिता लामाले यसखालका कार्यक्रमले मुलुकको नयाँ नयाँ गन्तव्य तथा समग्र पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्