Logo

कृषि विकास बैंकको साधारण सभा आह्वान, बुक क्लोज कहिले ?


कृषि विकास बैंक लिमिटेड (ADBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ ।बैंकले पुस २९ गते, बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे चौधौँ वार्षिक साधारण सभा बोलाएको हो।

सभाले सर्वसाधारण शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै अविमोच्य असंचित अग्राधिकार शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतशित नगदलाभांश वितरण गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

त्यसैगरी, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सो सभाले गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १५ गतेदेखि २९ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : मंगलवार, ७ पुष २०७७ ११:५३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ