Logo

अब को प्रधानमन्त्री हुन्छ, हुँदैन भन्दा पनि संविधान सक्रिय भयो भनेर पनि भन्नुपर्छ: रामनारायण बिडारी


राष्ट्रिय सभाका सदस्य बिडारीसँग गरिएको कुराकानीको सम्पादित अंश:

सर्वोच्चको आदेशपछि अब राष्ट्रपतिले संसद्को बैठक बोलाउनुपर्‍यो । प्रतिनिधि सभा हिजोजस्तो थियो त्यसैगरी बस्छ ।

बैठक बसिसकेपछि राजनीति दलका कुरा मिलेदेखि प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ र अर्को प्रधानमन्त्री निर्वाचनको बाटो खुल्छ । संसद्ले प्रधानमन्त्री चयन गर्छ ।

यदि सहमतिमा राजीनामा दिनुभएन भने संसद्मा अविश्वासको प्रस्ताव दर्ता हुन्छ । त्यसमा भोटिङ हुन्छ ।

त्यो भन्दा अगाडि नै प्रधानमन्त्रीले म विश्वासको मत लिन चाहन्छु भन्नु भयो भने त्यो प्रक्रिया हुन्छ । प्रधानमन्त्रीले चाहेमा विश्वासको मत प्राप्त गर्नुभएन भने अविश्वासको प्रस्ताव दर्ता हुन्छ ।

अब को प्रधानमन्त्री हुन्छ, हुँदैन भन्दा पनि संविधान सक्रिय भयो भनेर पनि भन्नुपर्छ ।

प्रतिनिधि सभा विघटनपछि विवाद शुरू भएको छ ।

नेकपा संसदीय दल पनि एउटै छ, संसदीय दलले नेता फेर्न सक्छ ।

संसदीय दलको नेता केपी शर्मा ओली हुनुहुन्छ । संसदीय दलको बैठक ओलीले बोलाउनु पर्‍यो ।

विधानमा उपनेताले पनि बोलाउन सक्छ । नभए बहुमत सदस्यले पनि संसदीय दलको बैठक बोलाउने व्यवस्था छ ।

यो कोर्स सजिलो छैन । अबको जिम्मेवारी निर्वाचन आयोगमा छ ।

निर्वाचन आयोगले कुन दल आधिकारिक हो नभनेकाले विवाद जटिल बनेको हो ।

अब आयोगले पनि निर्णय गर्ला ।

lokantar

प्रकाशित मिति : बुधबार, १२ फाल्गुन २०७७ ०८:४७
प्रतिक्रिया दिनुहोस्