Logo

टान महासचिव शेर्पाको कम्पनी बन्यो पीक बेचेर सबैभन्दा बढि रोयल्टी बुझाउने सर्वोत्कृष्ट कम्पनी


काठमाडौं, २४ असोज । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का वर्तमान महासचिव सोनाम ग्याल्जेन शेर्पाको कम्पनी सबैभन्दा बढि पीक पर्मिट जारी गरेर धेरै रोयल्टी जम्मा गर्ने सर्वोत्कृष्ट कम्पनी बनेको छ । नोर्ड एक्स्ट्रीम हिमालय प्रालि नामक शेर्पाको कम्पनीले नेपाल पर्वतारोहण संघ (एनएमए)ले व्यवस्थापन गर्ने २७ वटा हिमचुलीहरु मध्ये सबै भन्दा बढी आरोहण अनुमति (पर्मिट) जारी गर्ने सर्वोत्कृष्टको अवार्ड जितेको हो ।

शुक्रबार काठमाडौंमा सम्पन्न एनएमएको ३५औं केन्द्रीय वार्षिक साधारण सभा समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले सो अवार्ड प्रदान गर्नुभएको थियो । एनएमएले सबैभन्दा बढि पीक विक्री गर्ने उत्कृष्ट १० वटा कम्पनीहरुलाई सम्मान गर्दै आएको छ ।

नोर्ड एक्स्ट्रीम हिमालयले गएको वर्ष ४३२ वटा पर्मिट विक्री गरेर ९४ लाख ४० हजार ६७० रुपैयाँ रोयल्टी संकलन गरेको छ । कम्पनीले विगत लामो समयदेखि पर्वतीय तथा पदयात्रा पर्यटन क्षेत्रमा ठूलो योगदान गर्दै आएको छ ।

त्यस्तै उत्कृष्ट १० कम्पनीको रुपमा मेराअल्पाइन ट्रेक्स एण्ड एक्स्पीडिशन दोस्रो भएको छ । सो कम्पनीले ३१४ वटा पर्मिट जारी गर्दा ६७ लाख ६८ हजार ८४० रुपैयाँ रोयल्टी बुझाएको छ ।

एडभेन्चर एभरेष्ट टिम टे«क्स एण्ड एक्स्पीडिशन प्रालि २८० वटा पर्मिट विक्री गरेर उत्कृष्ठ तेस्रो हुन सफल भएको छ । उसले सोवापत ६७ लाख ५७ हजार ७६ रुपैयाँ रोयल्टी तिरेको छ ।
आइस एट थाउजण्ड प्रालिले २४४ वटा पर्मिट जारी गरेर ५९ लाख ४१ हजार ९७९ रुपैयाँ रोयल्टी संकलन गरेर चौथो बनेको छ भने पाँचौ स्थान हासिल गर्न सफल एसियन हाइकिङ टिम प्रालिले १६६ वटा पर्मिट जारी गरेर ४६ लाख ६९ हजार ६२४ रुपैयाँ रोयल्टी बुझाएको छ ।

क्रमशः साउथ कोल एडभेन्चर प्रालि छैटौं भएको छ । उसले १७६ वटा पर्मिट बेच्दा ३८ लाख ५३ हजार १५४ रुपैयाँ रोयल्टी तिरेको छ । सातौं बनेको सेभेन समिट ट्रेक्स प्रालि १८५ वटा पर्मिट विक्री गरी ३७ लाख ९८ हजार ५३६ रुपैयाँ रोयल्टी जम्मा गर्दा १५१ वटा पर्मिट जारी गरेर सातोरी एडभेन्चर प्रालि उत्कृष्ट आँठौं कम्पनी बनेको छ । सातोरीले जारी गरेको पर्मिटबाट ३७ लाख ७३ हजार ११८ रुपैयाँ रोयल्टी जम्मा भएको छ ।

एट के एक्स्पीडिशन प्रालिले १११ वटा पर्मिट जारी गर्दा ३५ लाख ७९ हजार १३९ रुपैयाँ रोयल्टी जम्मा गरी उत्कृष्ट नवौं स्थान हासिल गर्न सफल भएको छ भने मकालु एडभेन्चर प्रालि उत्कृष्ट दशौं बनेको । मकालुले १२१ जारी गरेर ३२ लाख ७७ हजार ७३७ रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, २४ आश्विन २०८२ १७:२२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ