Logo

किरात, मुन्दुम र खुवालुङ


खुवालुङ किरात मुन्दुमी नक्छोङ, धामी, माङपाहरुले आफ्नो धार्मिक कार्य गर्दा खुवालुङमा आएर शक्ति आर्जन गरि आफ्नो कार्य सिद्दी गर्ने हुँदा यो ढुङ्गा किरातीहरुको मुन्दुमी शक्ति केन्द्रको रुपमा लिने गरिन्छ ।

धार्मिक तथा सास्कृतिक: किराती मुन्दुम /संस्कार-संस्कृतिहरुमा अनिवार्य उल्लेख हुने ।
अवस्थित: त्रिवेणीघाट (दुधकोशी, अरुण, तमोरको सङ्गमस्थल) भोजपुर, उदयपुर, धनकुटा र सुनसरीको सिमना ।
शाब्दिक अर्थमा:  किराती भाषामा ‘खुवा’ भनेको पानी र ‘लुङ’ भनेको ढुङा ।
शब्द निर्माण:  खुवा + लुङ = खुवालुङ, पानीढुङा भन्ने बुझिन्छ ।

ऐतिहासिक पृष्ठभुमि:

समाज विज्ञानलाई हेर्दा मानव जातिको विकास र इतिहास नदीनाला, खोलाहरुको किनारहरुबाट भएको देखिन्छ । किराती सभ्यताको विकास हुने क्रममा ऐतिहासिक स्थल खुवालुङ क्षेत्र पनि एक हो । यस क्षेत्रको बराहक्षेत्र, कोकाहखोला, चतराघाट, आदि किराती सामरिक महत्वको स्थल हो। यो राजनितिक महत्वको ऐतिहासिक तथा पुरातात्विक मैनामैनी गढी हुन् ।

सप्तकोशी किनारका यो क्षेत्रमा किरातीहरुले लामो समय सम्म राजकिय सत्ताको अभ्यास र विकास गरेका थिए, त्यसको केन्द्र भनेको वर्तमानको बेलकागढी हो । लामो समय सप्तकोशी किनारमा स्थापित गरेको शासनको यो केन्द्रसँग साँस्कृतिक हिसाबले सम्बन्धित छ।  अहिले पनि पुरातात्विक भग्नाशेष पाउनु सकिन्छ भने  मैनाराजा-मैनारानी  भन्ने चरचित गित अहिले नि सुन्न सकिन्छ ।

त्यसैगरी बराहक्षेत्र पनि किरातीहरुले स्थापना गरेको प्रागऐतिहासिक स्थल हो, यो क्षेत्रको स्थापना किरातहरुले गरेका हुन् तर पछिल्लो समयमा हिन्दूकृत भएको प्रमाणहरु पाइन्छ । आठपहरिया राईहरुले अहिले पनि जहाँ /जसरी मृत्यु भए पनि सस्कार गर्दै आएका छ्न् ।

मानव विकासको सभ्यता आदिम पुर्खाहरु मुकुबुङ (भोटे) जेठा, हर्कबुङ (किरात्) माइला र रिब्लबुङ (थारु) कान्छा तीन दाजुभाइहरु थिए । जब उनीहरु खुवालुङ आए त्यो ढोका बन्द थियो, जेठा मुकुबुङ्ले केकी (जुरेरी) चराको भोग दिएपछि ढोका खुल्यो त्यसपछि पार गरे। तर माइला भाई हर्कबुङ भने पार गर्न सकेनन् अनि दाईलाई सोध्दा रगत पार्नु अनि तर्न सकिन्छ भनेपछि हर्कबुङ्ले आफ्नो  साथमा भएको चेलीको खुटाको कान्छी औंला मागेर काटी रगत दियो र पार गर्यो तर चेलीको रगत रोकिएन बाटोमा जादै गर्दा चेलीको रगत केराको पातमा खस्यो र बाख्राले खायो तुरुन्त चेलीको मृत्यु भयो त्यसैले राईहरु बाख्रा कुलपित्रमा चलाउँदैन्र र मासु खानु नहुने जनविश्वास रहेको छ ।

समयको कालन्तरमा कान्छा रिब्लबुङ त्यहाँ पुग्दा पार गर्न सकेनन्, दाईहरु कता गयो भन्नेकुरा पनि पत्ता लगाउनु सकेनन् किनकी दाईहरुले केरा बोट कादै सङ्केतको रुपमा छोड्ने गर्थ्यो तर त्यहाँ पुग्दा केरा पुरा उम्रीसकेको थियो उनी त्यसपछि तराईतिर नै बसोबस गरे । जेठा मुकुबुङको सन्तान लेक हुँदै हिमाली भेगसम्म पुगे र हिमाल काटन नसकेर हिमाल आसपास नै बसोबास गरे । माईला हर्कबुङको सन्तानहरु कोही सुनकोशीको किनारमा आसपासमा बसोबास गरे उनीहरु सुनुवार भए । कोही दुधकोशी पछ्याउंदै सोलुखम्बुको आसपासमा बसोबास गरे कालान्तरमा  कुलुङ्, चाम्लिङ, थुलुङ्, बाहिङ्, खालिङ, वाम्बुले, वान्तावा, दुङमाली, साम्पाङ, दुमी, नाछिरिङ भए ।

कोही अरुण नदी पछाउदै सङ्खुवासभा, क्षेत्रमा बसोबास गरे कालान्तरमा उनीहरु याक्खा, मेवाहङ्, याम्फु, लोहोरुङ  राई भाषिक  समुदायमा भए, कोही तमोर नदी पछाउदै त्यस्को आसपासमा बसोबास गर्न थाले उनीहरु लिम्बु, आठपहरिया, छिलिङ्, छिन्ताङ्, मुगाली आदी राई भाषिक समुदाय भए भन्ने इतिहासहरुको दस्ताबेजमा उल्लेख छ ।

उक्त खुवालुङ किरात मुन्दुमी नक्छोङ, धामी, माङपाहरुले आफ्नो धार्मिक कार्य गर्दा खुवालुङमा आएर शक्ति आर्जन गरि आफ्नो कार्य सिद्दी गर्ने हुँदा यो ढुङ्गा किरातीहरुको मुन्दुमी शक्ति केन्द्रको रुपमा लिने गरिन्छ । यो ठाउँ अति प्राचिन र ऐतिहासिक भएकाले किरात राईहरुले यसलाई आफ्नो संस्कृतिप्रतिको रुपमा अपनत्व ग्रहण गरेको छ  तर त्यसको उचित संरक्षण हुन नसकेको अवस्थामा छ । पछिल्लो अवस्थामा विकासको नाममा यसलाई फुटाउने  नष्ट गर्ने राज्यको नीति छ यसलाई गम्भीर ढंगबाट मनन गर्नुपर्ने देखिन्छ।

प्रकाशित मिति : मंगलवार, १८ फाल्गुन २०७७ १९:५३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ