Logo

आनी छोइङ डब्लुडब्लुएफको सद्भावना दूत नियुक्त


काठमाडौं । विश्वव्यापी रुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ) नेपालले प्रसिद्ध आध्यात्मिक गायिका एवं संरक्षणकर्मी आनी छोइङ डोल्मालाई सद्भावना दूत नियुक्त गरेको छ ।
विश्वमा सयभन्दा बढी देशमा संयन्त्र विस्तार भएको यस संस्थाले हालै आनी छोइङलाई सद्भावना दूत नियुक्त गरेर वातावरण संरक्षणमा नेपालका प्रयासहरु र नेपालले गर्नुपर्ने कार्यहरुका बारेमा विश्वव्यापी अभियानको थालनी गरेको बताएको छ ।

डब्लुडब्लुएफ नेपालले विगतमा विभिन्न अभियानहरुमा अभियानदूतका रुपमा विभिन्न व्यक्तित्वलाई छनोट गरेपनि पहिलोपटक सदुभावना दूतको घोषणा गरी संरक्षण अभियानलाई विश्वव्यापी रुपमा सञ्चालन गर्न लागेको जनाएको छ । सन्तुलित विकासका लागि अध्यात्मिक र धार्मिक मूल्यमान्यता एवं विश्वासलाई विस्तार गर्नु आवश्यक भएकाले यस अभियानमा लामो समयदेखि क्रियाशील रहेकी आनीछोङलाई सद्भावना दूत नियुक्त गरिएको डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले जानकारी दिए ।
उनले भगवान गौतम बुद्धको शान्ति शिक्षा, सामाजिक भेद्भावको अन्त्य गर्न तथा विकास र वातावरणलाई सन्तुलित रुपमा अघि बढाउनु पर्ने ज्ञानको प्रचार गर्न आनी छोइङको सक्रिय भूमिका रहने विश्वास व्यक्त गरे ।
आधुनिकताको नाममा भएको वातावरण विनास रोक्न र प्राकृतिक सम्पदाको संरक्षण गरी सुन्दर पृथ्वी भावी पुस्तालाई सुम्पिने अवस्था बनाउनु आजको मुख्य आवश्यकता रहेको बताउँदै सद्भावना दूत आनी छोइङले भने, ‘प्रकृति र संस्कृतिप्रतिको प्रेमले नै मलाई यस अभियानमा लाग्न प्रेरित गरेको छ ।
राष्ट्रिय/अन्तरराष्ट्रिय स्तरमा सुरक्षित भविष्यका लागि जनचेतना अभिवृद्धिमा लाग्न थप जिम्मेवारी पाएकी छु ।’ वनजङ्गलको विनासले गर्दा आज ८५ प्रतिशत स्वच्छ पानीका मुहान सुकेका, बाढी पहिरोजस्ता प्राकृतिक विपद्का घटनामा वृद्धि भएको बताउँदै उनले अहिले नै हामीले वातावरण संरक्षणमा ध्यान दिन नसके अनेक समस्या आउनसक्ने निश्चित रहेको उल्लेख गरे ।
आज बजारीकरणका नाममा बहुमूल्य जडीबुटीको लोप एवं दुर्लभ वन्यजन्तुको चोरीशिकारीका घटना बढ्दै गएको, खानपानमा विषादी तथा प्लाष्टिकजन्य वस्तुको बढ्दो प्रयोगले गर्दा मानव र प्रकृतिबीचको सन्तुलन खल्बिलिन जाँदा वातावरण र जनस्वास्थ्यमा अनेक समस्या आएकाले यसबारेमा पनि विश्वव्यापीरुपमा जनचेतना बढाउन आवश्यक रहेको आनी छोइङको भनाइ छ ।
प्रकृति संरक्षणमा नेपालले गरेको सफल उदाहरणहरु प्रचार हुनु आवश्यक रहेको बताउँदै उनले हाम्रो मौलिकतालाई मासिन नदिई विश्वका अन्य मुलुकका सिकाइलाई पनि हामीले आत्मसात गर्न सक्नुपर्ने खाँचो औँल्याए ।

प्रकाशित मिति : बुधबार, १ बैशाख २०७८ १९:४५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ