Logo

सहकारीको ब्याजदर पुनरावलोकन हुँदै, समितिको बैठकले बनायो कार्यदल


सहकारी खबर

काठमाडौं : सहकारीको ब्याजदर कार्यान्वयनको अवस्था र पुनरावलोकनका सम्बन्धमा ‘सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समिति’को बैठकले कार्यदल बनाएको छ । सहकारी विभागका उप–रजिष्ट्रार सुरेन्द्रराज पौडेलको संयोजकत्वमा कार्यदल निर्माण गरेको हो ।

समितिको बैठकमा कार्यान्वयनको अवस्थाको समिक्षा र सात सदस्यीय कार्यदल गठन गरेकोन समितिका सदस्य तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले जानकारी दिनुभयो ।

उक्त कार्यदलमा सहकारी विभागका २ जना प्रनिनिधि (संयोजक सहित), राष्ट्र बैंकका प्रतिनिधि, सहकारी विकास बोर्डका प्रतिनिधि, सहकारी महासंघका प्रतिनिधि, नेफ्स्कूनका प्रनिनिधि र सहकारी बैंकका प्रतिनिधि रहेको छ ।

उक्त कार्यदलले नेफ्स्कूनमा आवद्ध संस्था वा संघको औसत ब्याजदर, सहकारी बैंकको औसत ब्याजदर, वाणिज्य बैंकहरुको औसत ब्याजदर, राष्ट्र बैंक, सहकारी मन्त्रालयले गरेको अध्ययन, सहकारी महासंघको सुझावको अध्ययन गरी समितिमा ब्याजदर सिफारिस गर्नेछ । सोही सिफारिसको आधारमा समितिले ब्याजदर निर्धारण गर्नेछ ।

दोस्रो पटक २०७७ साल कार्तिक १५ गतेदेखि लागु हुनेगरी १४.७५ प्रतिशत ब्याजदर तोकेको थियो । नेपालमा पहिलो पटक २०७६ साउन १९ गतेदेखि सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १६ प्रतिशत कायम गरिएको थियो । अहिलेको अवस्थामा सहकारीको ब्याजदर अझै घट्ने देखिन्छ ।

प्रकाशित मिति : बुधबार, २० श्रावण २०७८ २२:५७
प्रतिक्रिया दिनुहोस्