Logo

अपर सोलु जलविद्युत आयोजनाको आईपीओ निष्काशन हुँदै


काठमाण्डौँ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ)निष्काशन गर्ने भएको छ ।

कम्पनीले स्थानिय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५ सय कित्ता शेयर अर्थात ३३ करोड ७ लाख ५० हजार बराबरको शेयर गर्न अनुमति माग्दै बोर्ड पुगेको छ । कम्पनीले शेयर निष्काशन तथा बिक्रिकर्तामा एनएमबी क्यापिटल नियुक्त गरेको छ ।

अपर सोलु जलविद्युत आयोजना २३.५ मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने आयोजना हो । सोलु हाईड्रो इलेक्ट्रिक कम्पनीले प्रर्वद्धन गरेको आयोजना २०७६ मंसिरमा सम्पन्न भएको थियो । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ मा आयोजनाको विद्युत गृह छ । कम्पनीले आईपीओ निष्काशनको लागि २०७७ चैत्र १६ गते बोर्डमा निवेदन थियो ।

आयोजनामा लक्ष्मी बैँकको नेतृत्वमा आठ वटा बैँक र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको ७५ प्रतिशत लगानी छ । कम्पनीको इक्विटी २५ प्रतिशत छ । आयोजना चार अर्ब ५० करोडको लागतमा निर्माण सम्पन्न भएको हो । 

प्रकाशित मिति : बिहीबार, २ मंसिर २०७८ १९:४६
प्रतिक्रिया दिनुहोस्