Logo

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा मिक्सो विजयी, ९ सदस्यीय पदाधिकारीमा सोलुखुम्बु पनि समेटियो


विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको अध्यक्षमा भारी हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । बुधवार बिराटनगरमा पदाधिकारी चयनको लागि सम्पन्न निर्वाचन आफ्नो निकतम् प्रतिद्वन्दी मुक्साहाङ मेन्याङ्बोलाई धेरै मतान्तरले पराजित गर्दै मिक्सो अध्यक्षमा निर्बाचित भएका हुन् । मिक्सोले १६९ मत ल्याउँदा अर्का प्रत्यासी मेन्याङ्बोले ६४ मत मात्रै ल्याए । अध्यक्षमा ७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ (१११ ), देवान चाम्लिङ (१२०) र शिवकुमार डाँगी (११३) विजयी भएका छन् । सचिव पदमा गणेश उप्रेती (सुशील)ले १४८ मत ल्याएर विजयी बने ।

यस्तै ३ जना सहसचिवमा कुमारी राई (११४), सागर किराती (७३) र ऋषिराम ढुंगाना (९५) विजयी भएका छन् । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी भएका छन् । सहसचिवमा सागर किराती जितेसँगै ९ सदस्यीय पदाधिकारीमा सोलुखुम्बु पनि समेटिएको छ ।सहसचिव पदमा किरातीसँगै सोलुखुम्बुबाट ठमनाथ पराजुलीले उम्मेद्धारी दिएका थिए ।

९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए । निर्वाचन समितिका अनुसार मतदान प्रक्रियामा १९ जना अनुपस्थित भएका थिए ।

१ जना अध्यक्षको लागि २ जना, ३ जना उपाध्यक्षका लागि ८ जना, १ जना सचिबको लागि २ जना, ३ जना सहसचिबको लागि १३ जना र १ जना कोषाध्यक्षको लागि ३ जना गरी जम्मा २९ जनाको उमेदवारी परेको थियो ।

प्रकाशित मिति : बिहीबार, ८ पुष २०७८ ०६:४२
प्रतिक्रिया दिनुहोस्