Logo

खुम्बुमा निर्माण हुने दूधकोसी–६ जलविद्युतको ईआइए स्वीकृतिका लागि सुझाब माग


सोलुखुम्बु :  सरकारले सोलुखुम्बुमा पहिचान भएको १७१ मेगावाटको दूधकोसी–६ जलविद्युत आयोजनाका सम्बन्धमा सरोकारवालासँग राय/सुझाव मागेको छ । वन तथा वातावरण मन्त्रालयले आयोजनाको वातावारणीय प्रतिवेदन (इआइए) मा आएको विषय माथि राय/सुझाव मागेको हो ।

मन्त्राललये सोमबार सूचना प्रकाशित गरेर ७ दिनभित्र आयोजनाको प्रतिवेदनमाथि राय,सुझाव पेश गर्न सम्बन्धित सरोकारवालाहरूमा आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार सरोकारवालाबाट आएको उपयुक्त राय तथा सुझावलाई प्रतिवेदन स्वीकृत गर्ने क्रममा समावेश गरिनेछ । आयोजना जिल्लाको खुम्बु  पासाङल्हामु गाउँपालिकाको वडा नम्बर २ र ३ मा  निर्माण हुनेछ ।

आयोजनाका संरचनाहरू निर्माणका लागि १०.७६ हेक्टर जग्गा प्रयोग हुनेछ । जसमा सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रको ७.३६ हेक्टर प्रयोग हुनेछ ।

प्रकाशित मिति : मंगलवार, १२ पुष २०७९ १०:१२
प्रतिक्रिया दिनुहोस्