ङिमदोर्जी शेर्पा पर्यटन सडक अन्तर्गत पैयाँतर्फको सडक शिलान्यास
सोलुखुम्बु । ङिमदोर्जी शेर्पा पर्यटन सडक अन्तर्गत पैयाँतर्फको सडक शिलान्यास गर्नुभएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्माछिरी शेर्पाले गत बिहीबार शेर्पा परम्परा अनुसार पूजा गरी उक्त सडक शिलान्यास गर्नुभएको हो ।
खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. २ सुर्केदेखि वडा नं. १ पैंया सडकको शिलान्यास गर्नुहुदै पालिका अध्यक्ष शेर्पाले गुणस्तरीय निर्माणका लागि नियमित अनुगमन गरिने बताउनुभयो । उहाँले खुम्बु पासाङ ल्हामु गाउँपालिकामा सडक निर्माण गर्ने कुरामा सहजता नभएको बताउँदै भौगोलिक विकटताका बाबजुध पनि सडक निर्माण कार्यलाई प्राथमिकताकामा राखेको उल्लेख गर्नुभयो ।
गाउँपालिका अध्यक्ष शेर्पाले सडकको शिलान्यास मात्र गर्ने नभएर पालिकाको लक्ष्य अनुसार सडक निर्माण कार्य चाँडै सम्पन्न गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।
गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाका अनुसार सुर्केदेखि पैंयातर्फ ट्रयाक ओपन गर्न हेलिकप्टर मार्फत् दुई वटा स्काभेटर, कम्प्रेसर लगायत आवश्यक सामग्रीहरू ढुवानी गरिएको गरिएको छ ।