Logo

सोलु हाइड्रोपावरको आईपीओ स्थानीयलाई बाँडफाँट


सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको १ करोड कित्ता आईपीओ पुस २३ गते बाँडफाँट गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको १० लाख कित्ता शेयरको बाँडफाँट यसअघि नै सम्पन्न भइसकेको छ।

स्थानीय र वैदेशिक रोजगारीको प्रक्रिया सकिएपछि कम्पनीले अब आगामी पुस २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सामूहिक लगानी कोष र कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको ८२ लाख कित्ता शेयर सर्वसाधारणमा ल्याउन लागेको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि माघ ४ गते (माग नपरेमा माघ १४) सम्म आवेदन दिन सक्नेछन् ।

नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग र हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको यस कम्पनीको आईपीओमा मेरो सेयरमार्फत आवेदन दिन सकिन्छ। इन्फोमेरिक्स नेपालले यसलाई ‘आइआरएन डबल बी’ रेटिङ दिएको छ, जसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

सोलुखुम्बुमा निर्मित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत आयोजनाले गत साउन २४ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ । कुल १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ लागतमा निर्माण भएको यस आयोजनाको प्रति मेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ छ। हाल कम्पनी नाफामा रहेको छ भने यसको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ २१ पैसा (वास्तविक) देखि १३५ रुपैयाँ ४५ पैसा (अपरिष्कृत) सम्म रहेको छ ।

प्रकाशित मिति : बिहीबार, २४ पुष २०८२ १३:१९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ