थुलुङ दुधकोशी गाउँपालिकाले सिजनल भिसामा कामदार कोरिया पठाउने, दुईपक्षीय सम्झौतामा हस्ताक्षर
सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले सिजनल भिसामा कामदार दक्षिण कोरिया पठाउने भएको छ । कोरिया नेपाली कामदारका लागि अहिलेको सबैभन्दा आकर्षक गन्तब्य हो ।
कृषि क्षेत्रका कामदारहरुलाई सिजनल भिसामा कोरिया पठाउन आज शुक्रबार गाउँपालिकाले कोरियाको डोङबाङ डीएस सीस्टम लिमिटेड कम्पनीसँग प्रारम्भिक सम्झौता गरेको हो ।
प्रारम्भिक सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत जीओन्ची राजा र गाउँपालिका अध्यक्ष असिम राईले हस्ताक्षर गर्नुभयो ।
५ बुँदे प्रारम्भिक सम्झौतापत्रमा कम्पनीले कामदारहरूको मानवअधिकार सुरक्षा गर्दै कामका लागि अनुकूल अवस्था बनाउने, गाउँपालिकाले कामदारहरूको समय घर्किनेबित्तिकै फर्काउने ग्यारेन्टी गर्नेलगायतका बुँदाहरू समेटिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो ।
सम्झौता आधिकारिक हस्ताक्षर भएको एक वर्षसम्म लागू हुने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।