Logo

कोशी प्रदेश नामाकरणको बिरुद्ध सोलुखुम्बुमा पनि प्रदर्शन


सोलुखुम्बु– कोशी प्रदेश नामाकरणको बिरुद्ध पहिचान पक्षधरहरूले सोलुखुम्बुको सल्लेरीमा विरोध प्रदर्शन गरेका छन् । २०७९ फागुन १७ गते प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामाकंन गरिएको भन्दै त्यसलाई कालो दिनको संज्ञा दिँदै विहिबार उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

पहिचानको आधारमा प्रदेशलाई पुनः नामाकंन गर्नुपर्ने माग राख्दै प्रदेश नं. १ पुनः नामाङकरण संयुक्त संघर्सष मिति सोलुखुम्बुको नेतृत्वमा सो प्रदर्शन भएको हो ।

सल्लेरीको आवाडाँडा कुनाबाट सूरु भएको जुलुस तीनकुने हुँदै बसन्तबजार पुगेर जिल्ला प्रशासन कार्यालयको गेटमा कोणसभामा परिणत भएको थियो । कालो झण्डा र नो कोशी लेखिएको प्लेकार्डसहित निकालिएको र्यालीमा सहभागी प्रदर्शनकारीहरुले पहिचानविरोधी होसियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गरलगायतका नारा लगाउँदै सल्लेरी बजार परिक्रमा गरेका थिए ।

प्रदेश नम्बर १ पुनःनामाकरण संघर्ष समिति सोलुखुम्बुका संयोजक राम संघर्ष किरातीले पहिचानका आधारमा नामाङकन नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

No description available.

प्रदर्शनमा पहिचानवादी नेताहरु लाक्पा शेर्पा, वियस राई, महेश वर्तमान मगर, मिंमार शेर्पा, करिना कृस्टी राईसँगै आदिवासी जनजाति महासंघ तथा जिल्लाका विभिन्न जातीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : शुक्रबार, १८ फाल्गुन २०८० ००:४९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ